इटहरीः भोजपुरका विभिन्न स्थानमा लगाइएका अवैध गाँजा खेति प्रहरीले नष्ट गरेको छ ।

इलाका प्रहरी कार्यालय घोडेटार तथा मातहत र सशस्त्र बेस क्याम्प घोडेटारबाट खटिएको संयुक्त प्रहरी टोलीले हतुवागढी गाउँपालिका, होम्ताङ, हसनपुर, पात्लेपानी, चुहार, पिपलडाँडालगायत क्षेत्रको गाँजा नष्ट गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

१ नम्बर प्रदेश प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार जिल्ला प्रहरी कार्यालयले जिल्लामा चलाएको विशेष अभियानका क्रममा तीन सय ७८ रोपनी क्षेत्रफलमा अवैध रुपमा लगाइएका गाँजा प्रहरीले नष्ट गरेको हो ।