इटहरी: नेकपा एमालेको आसन्न दशौ महाधिवेशनमा प्रदेश एक बाट १८ जना एमाले क्याडरहरु महाधिवेशन प्रतिनिधि मनोनित भएका छन् ।

केन्द्रीय कमिटीले कुल प्रतिनिधिको ५ प्रतिशत मनोनित गर्ने प्रावधानअनुसार कुल १०७ जना मनोनितमध्ये प्रदेश १ बाट १८ जना मनोनित भएका हुन् ।

सुनसरीबाट माओवादीबाट एमाले प्रवेश गरेका डम्बर सुवेदी, धरान उपमहानगरपालिकाकी उपप्रमुख मञ्जु भण्डारी र इटहरीकी मीना श्रेष्ठ मनोनयन भएका छन् ।

झापाबाट ५ प्रतिनिधि, अन्य ४ जिल्ला भने ’निल’

मनोनित हुनेमा झापाका सर्वाधिक देखिएका छन् । झापाबाट ५ जना प्रतिनिधि मनोनित हँुदा सुनसरीबाट ३ र मोरङ, ताप्लेजुङबाट २,२ जना मनोनित भएका हुन् ।

एक जना मात्र प्रतिनिधि हुने जिल्लामा भने खोटाङ, भोजपुर, ओखलढुंगा, संखुवासभा, उदयपुर र तेह्रथुम परेका छन् ।

प्रदेश १ का १४ जिल्लामध्ये इलाम, पाँचथर, धनकुटा र सोलुखुम्बुबाट भने एक जना प्रतिनिधिसमेत मनोनयन भएका छैनन् ।

ct mart add.