इटहरीः आमा र बहिनीको कुटपिटबाट मोरङको कटहरी गाउँपालिका ५ का ४० वर्षीय राजेन्द्र उरावको मृत्यु भएको छ ।
कुटपिटमा संलग्न रहेका ५५ वर्षीया बातियो उराव र ३० वर्षीय रिता उरावलाई प्रहरीले पक्राउ गरेको छ । गत मंसिर ११ गते राजेन्द्रले मादक पदार्थ सेवन गरी वादविवाद गर्दा आमा र बहिनीले बाँसको लाठीले टाउकोमा प्रहार गरेपछि घाइते भएका राजेन्द्रको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा गएराति १०ः१५ बजे मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । घटनाका सम्बन्धमा विस्तृत अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।