इटहरीः युएईबाट आइएमई गर्दा दोलखा जिल्लाका जिवेश दाहालले १२ लाख ५२ हजार रुपैयाँ उपहार जितेका छन् ।

रेमिट्यान्स कम्पनी आईएमईले दसैँ तिहार तथा छठ पर्व लाई लछित गरी घोषणा गरेको आईएमई डबलको डबलको डबल उपहार योजना अन्तर्गत सयुक्त अरब ईमिरेट्स युएईबाट एक लाख ५६ हजार रुपैयाँ रेमिट्यान्स नेपाल पठाउने जिवेशले आईएमईको बम्पर उपहारमा १२ लाख ५२ हजार रुपैयाँ जितेका हुन । जिवेशले आईएमईमार्फत् १ लाख ५६ हजार ५५८ रुपैयाँ रकम नेपालमा पठाएका थिए । आईएमईले विदेशबाट पठाइएको रकम देशभर रहेका ३५ सयभन्दा बढी एजेन्टहरु वा आइएमई पे मोबाइल वालेटमा प्राप्त गर्दा वा बैंक ट्रान्सफर गर्दा हरेक हप्ता दुई जनालाई पठाएको रकमको डबल (दुई गुणा), हरेक महिना दुई जना भाग्यशाली सेवाग्राहीहरुलाई पठाएको रकमको डबलको डबल (चौगुणा) तथा बम्परमा एक जना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबलको डबलको डबल (आठ गुणा) सम्म रकम पुरस्कारस्वरूप –प्राप्त गर्न सकिने योजना सार्वजनिक गरेको थियो ।

imeuae2

सोही योजनाअनुरुप जिवेशलगायत २१ जनाले आईएमई डबलको डबलको डबल उपहार प्राप्त गरेका छन् । आठ साता लामो कार्यक्रममा आयोजनाका दौरान हरेक हप्ता २ जनालाई, हरेक महिना २ जनालाई तथा बम्पर रुपमा १ जना गरी कुल २१ जना भाग्यशाली विजेतालाई क्रमशः आइएमर्ई गरी पठाएको रकमको २ गुणा, ४ गुणा तथा बम्पर विजेतालाई पठाइएको रकमको ८ गुणा रकम जित्न सफल हुने भएको आइएमई युएई प्रमुख उत्तम बस्नेतले बताए । जसमा युएईबाट बम्पर विजेतासहित कुल ४ जना भाग्यशाली विजेताले यो योजनामा उपहार प्राप्त गर्न सफल भएका छन् ।

जसमा अल अहलिया एक्सचेन्जबाट आइएमई गर्ने गोविन्द धामीले ७१ हजार ८ सय एक रुपैयाँ आइएमई गरी दुई लाख ८७ हजार २ सय ८ रुपैयाँ, ४१ हजार ५ सय ७ रुपैयाँ आईएमई गर्ने केशव दमाईले ८३ हजार १४ रुपैयाँ, युएईमा रहेको अल अन्सारी एक्सचेन्जबाट ४१ हजार २ सय २२ रुपैयाँ आइएमई गर्ने गोकुल थापामगरले १ लाख ६४ हजार ८८८ र अल अहलिया एक्सचेन्जबाट १ लाख ५६ हजार ५५८ आइएमई गर्ने जिवेशले पठाएको रकमको ८ गुणा अर्थात् १२ लाख ५२ हजार ४६४ रुपैयाँ प्राप्त गर्न सफल भएका छन् । यस्तै, आईएमई पेमार्फत् रेमिट्यान्स भुक्तानी लिँदा दुई सय रुपैयाँ बोनस तत्कालै पाउने अफरबाट हजारौंले लाभ लिएको आईएमई युएई अधिकृत ईश्वर अधिकारीले बताए ।

ct mart add.