इटहरीः महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट आफ्ना शेयरधनीलाई २१.०५% लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंककोे सञ्चालक समितिको आइतबारको बैठकले हाल कायम चुक्ता पूँजीबाट २०% बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि १.०५% नगद लाभांश दिने प्रस्ताव गरेको होे । प्रस्तावअनुसार बैंकले ६६ करोड ८४ लाख ८० हजार ५४५ रुपैयाँ बराबरको रकम बोनस वितरणमा खर्च गर्नेछ भने कर प्रयोजनका लागि बैंकले ३ करोड ५१ लाख ८३ हजार १८७ रुपैयाँ खर्च गर्नेछ ।

बैंकको सञ्चालक समितिले गरेको प्रस्तावित लाभांशलाई नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि वितरण हुन बैंकले जनाएको छ । महालक्ष्मी विकास बैंकले अघिल्लो बर्ष ९% बोनस र ०.२६% नगद गरी कुल ९.२६% लाभांश दिएको थियो भने सोभन्दा पहिले ८ प्रतिशत बोनस शेयर र ९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

mahalaxmi

ct mart add.