इटहरीः नेपाली कांग्रेस सुनसरीको हिजो (आइतबार) सम्पन्न मतदानबाट सभापतिमा केदार भण्डारी विजयी भएका छन् ।

प्रतिद्वन्द्वी सञ्जयप्रसाद श्रेष्ठलाई १ सय १३ मतको अन्तरले पछि पार्दै भण्डारी विजयी भएको निर्वाचन अधिकृत उत्तम पौडेलले जनाएका छन् । सँस्थापनइतर समुहका भण्डारीलाई खसेको २ हजार ७ सय ७४ जनाले मतबाट १ हजार ४ सय २२ मत प्राप्त भएको छ भने सँस्थापन पक्षबाट चुनाव लडेका सञ्जयप्रसाद श्रेष्ठले १ हजार ३ सय ९ मतमा चित्त बुझाएका हुन् ।

261926417_3094015690873122_1716563299014479521_n

त्यस्तै, केदार भण्डारी समुहबाट उपसभापतिद्वय पंकजकुमार महतो र नगेशचन्द्र राई विजयी भए भने सचिव माधवबहादुर घिसिङसमेत भण्डारी समुहबाट विजयी भए । उपसभापति महतोले १ हजार ३ सय १३ मत प्राप्त गरेका छन् भने राईले १ हजार ३ सय ३५ मत पाएका छन् । त्यसैगरी सचिव घिसिङ १ हजार २ सय २९ मतसहित विजयी भएको जनाइएको छ ।

list

यता, सञ्जय श्रेष्ठ प्यानलबाट १ सचिवसहित सहसचिवद्वय गणेश सुब्बा र मनिशकुमार राय विजयी भएका छन् । जसअन्तर्ग सचिव वीरेन्द्रकुमार शाहले १ हजार ४ सय ७७ मत प्राप्त गर्दै विजयी भएका हुन् । यस्तै, सहसचिवतर्फ सुब्बाले १ हजार ३ सय मत प्राप्त गरेका छन् भने रायले १ हजार १ सय ७७ मत पाए ।

ct mart add.