इटहरीः लागूऔषध मुद्दाका फरार प्रतिवादी सुनसरीको धरान उपमहानगरपालिका १३ जानकी चौकका २७ वर्षीय प्रवेश सुनुवारलाई प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध मुद्दामा उच्च अदालत विराटनगरबाट २०७६ मंसिर २४ गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः १ वर्ष १० महिना ३ दिन कैद एक लाख रुपैयाँ जरिवाना भई लगत नं. २८१ मा कैद तथा जरिवाना बेरुजु रही असुल गर्न बाँकी रहेका सुनुवारलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा गाउँघरमा नै लुकिछिपी बसेको अबस्थामा शनिबार फेला पारेको हो ।

प्रतिवादी सुनुवारलाई हिजो सम्मानित सुनसरी जिल्ला अदालतबाट कैद भुक्तानको लागि कारागार चलान गरिएको प्रदेश प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईले जानकारी दिए ।

ct mart add.