इटहरीः नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत आज सम्पन्न सुनसरी जिल्ला अधिवेशनमा ९५ प्रतिशत मत खसेको छ ।

जिल्लाभर २ हजार ९ सय १८ मतदाता रहेको सुनसरीमा २ हजार ७ सय ७४ जनाले मतदान गरेको निर्वाचन अधिकृत उत्तम पौडेलले जानकारी दिएका छन् । उनका अनुसार मतगणना आजै राति १० बजेदेखि मतगणना सुरु गरिने छ ।

इनरुवास्थित जेलफिल्डको प्राङ्गणमा भएको मतदान कार्यक्रममा नेपाल विद्यार्थी संघका सभापति राजिव ढुंगाना, सुनसरी क्षेत्र नम्बर ४ का संघीय सांसद सीताराम मेहेता, कांग्रेस प्रदेश नम्बर १ का संसदीय दलका नेता राजिव कोइराला लगायतको उपस्थिति रहेको थियो ।