इटहरीः नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी इटहरी उपमहानगरपालिका कमिटी अन्र्तगत शनिबार इटहरी८ स्थित शान्ति पार्टी प्यालेसमा ८ न वडा कमिटीले पार्टीको वडा सम्मेलन सम्पन्न गरेको छ ।
नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा सुनसरी सहइन्चार्ज केशवकुमार बिष्टको प्रमुख आतिथ्य र नेकपा एकीकृत समाजवादी इटहरीका अध्यक्ष गणेश बुढाथोकीको सभापतित्वमा सम्मेलन सम्पन्न भएको थियो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि बिष्टले जनताको हितलाई केन्द्रमा राखेर पार्टीले नीति निर्माण गरी मुलुकलाई समाजवादको यात्रामा हिंडाएकोले सबै तहबाट पार्टीप्रति जनसर्मथन उर्लिरहेको बताए । नेकपा एस इटहरीका इन्चार्ज केवल फुयाँलले कम्युनिष्टको नाममा एमाले व्यक्तिवादी अहंकारवादमा धकेलिको हुनाले लोकतन्त्रका आधारभुत मुल्यमान्यताहरु धरासायी हुन थालेको बताए । उनले समाजवादको सच्चा अनुयायी नेकपा एसलाई जनताले समर्थन गर्नुपर्ने विचार राखे । नेकपा एसले भाद्र २० गते दुर्गापाटी प्यालेसमा उपमहानगर कमिटी घोषणा गरेलगत्तै एमालेको किल्ला मानिने २ न वडामा कमिटी गठन गरेर पहिलो अभियान थालेको थियो । कर्मचारी जीवनमा राम्रोसँग काम गरेर अवकाश पाएका आत्मराम धमलालाई वडा इन्चार्ज र कर्मठ यूवा चेवन खतिवडालाई वडाध्यक्ष बनाएर वडा कमिटी सक्रिय रहेको जिल्ला कमिटि सदस्य सर्बेश आचार्यले बताए ।
पार्टीको अन्तरपार्टी निर्देशनअनुसार पुस अन्तिम सम्ममा स्थानीय तहको सम्मेलन सक्नुपर्ने भएकोले धमाधम संगठन विस्तार अभियान चलाउँदै इटहरी ३ मा एमालेको संगठन भत्काउंदै विजय लिम्बू इन्चार्ज र अध्यक्ष रहनेगरी ३ न वडा कमिटी गठन गरिसकिएको प्रदेश सदस्य प्रकाश निरौलाले बताए । केन्द्रीय सदस्य केशव बिष्ट, पेसागत महासंघका प्रदेश अध्यक्ष हिक्मत बस्नेत, पार्टीका उपमहानगर नेता गणेश बुढाथोकी, यूवासंघका केन्द्रीय सचिवालय सदस्य तथा पार्टीका प्रदेश नेता गौरीमान परियार, जिल्ला सदस्य टंकमणी नेपाल, पार्टीको भ्रातृ सँस्था दलित मुक्ति संगठनका केन्द्रीय सदस्य तथा जिल्ला पार्टी सचिवालय सदस्य एवं सञ्चार क्षेत्रमा स्थापित पत्रकार पीवी दियाली, नगर कमिटीका युवा नेता कैलाश राई, निजामती कर्मचारी क्षेत्रमा प्रभावशाली क्षमता भएका बामपन्थी चिन्तक कर्मचारीका नेता केशब खतिवडा लगायतका नेताहरुको निवास रहेको उक्त वडामा गत स्थानीय निर्वाचनमा कांग्रेसले जितेको थियो ।
एमालेको न्यून प्रभाव रहेको वडामा अहिले नेकपा एसका प्रभावशाली यूवा नेताहरु समेटिएको हुँदा आगामी निर्वाचनमा पार्टी निर्णायक शक्ति हुने भन्दै अतिथि वक्ता तथा युवा नेता गौरीमान परियारले यूवाहरुलाई सृजनशीलताको बाटोमा हिँडाउने सही उपाय नेकपा एससँग मात्र रहेको दाबी गरे । टंकमणी नेपाल शम्भुले स्वगत भाषण र पार्टी उपमहानगर सचिव वसन्त श्रेष्ठले सञ्चालन गरेको उक्त वडा भेलामा प्रमुख अतिथि बिष्टले पार्टीको वडा कमिटी साथै यूवा संगठनलाई समेत एकैसाथ सपथ खुवाएर पार्टीको आन्तरिक नीति निर्देशनअनुसार चाँडै बैठक राखी आगामी कार्यक्रममा इटहरीबाट परिचालित हुन निर्देशन दिएका छन् ।