इटहरीः मोरङको विराटनगर महानगरपालिका १३ स्थित नहरबाट लागूऔषधसहित २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका १५ का २६ वर्षीय मनोज पोखरेल र २८ वर्षीय कपिल गिरी रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार हिजो बेलुकी ५ बजे सीआरभी जतुवाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई लुपिजेसिक १२ एम्पुल, डाईजाल्याब १२ एम्पुल, एभिल ६ सहित पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।