इटहरीः नेपाली कांग्रेसको १४औ महाधिवेशनअन्तर्गत सुनसरी जिल्ला कार्यसमितिको पदाधिकारी चयनका लागि मतदान सुरु भएको छ ।
अपांगता भएका प्रतिनिधिबाट उद्घाटन गर्दै मतदान प्रक्रिया सुरु भएको हो । ११ः३० बजेदखि सुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ । जिल्लाभरका वडासभापति र क्षेत्रीय प्रतिनिधि गरी २ हजार ९ सय २७ मतदाताले मतदान गर्न पाउनेछन् ।
इनरुवास्थित जेलफिल्डको प्राङ्गणमा हुने मतदान प्रक्रियालाई सभ्य बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल लगायतका सुरक्षा निकायका अधिकारीहरुको बाक्लो उपस्थिति रहेको छ ।