इटहरीः नेपाल परिवार दल जिल्ला कार्य समिति सुनसरीले इटहरीस्थित होराइजन कलेजको सभाहलमा नेपाल परिवार दलको तेस्रो सम्पन्न महाधिवेशनमा प्रदेश नं १ बाट केन्द्रीय पदाधिकारीमा निर्वाचित हुनेहरुलाई दोसल्ला ओढाएर सम्मान गरेको छ ।
जिल्ला अध्यक्ष लक्ष्मण कार्कीले उनीहरुलाई सम्मान गरेका हुन् । नेपाल परिवार दल केन्द्रीय कार्य समितिमा प्रदेश १ बाट दलका वरिष्ठ उपाध्यक्षमा विनोद डाँगी, सह महामन्त्रीमा मिलन राजवंशी र अशोककुमार चौधरीसहित १७ जना केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । नेपालमा वामपन्थी विचार र प्रजातान्त्रिक विचार भोैतिकवादमा चुर्लुम्म डुबेकाले यी दुवै विचारलाई अग्रगमनतर्फ उन्मुख गराउन नेपाल परिवार दलको दर्शन आवश्यक रहेकोमा कार्यक्रमका वक्ताहरुले जोड दिए ।
त्यस्तो दर्शन हेडविङ्ग (अग्रपन्थी) लोकतन्त्र रहेको बताउँदै वक्ताहरुले अग्रपन्थी लोकतन्त्रको दर्शनले मानिसमा भ्रातृत्व मेलमिलाप, सहकार्य र एकतालाई जोड दिने उल्लेख गरे । यस विचारको लक्ष्य लोक कल्याणकारी राज्य स्थापना गर्नु रहेका उनीहरुको भनाइ थियो ।