इटहरीः मोरङको सुन्दरहरैँचा नगरपालिकामा नेकपा माओवादी केन्द्रको प्रथम नगर अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनले अध्यक्षसहित सात पदाधिकारी सर्वसम्मत चयन गरेको छ । कमिटीका अध्यक्षमा दुश्यान्त भट्टराई चयन भएका छन् । यसैगरी, उपाध्यक्षमा दीपा अधिकारी, सीमा चौधरी र कुमार मिजार सर्वसम्मत चयन भएका छन् । अधिवेशनले रोहित चौधरीलाई नगर कमिटीको सचिवमा सर्वसम्मत चयन गरेको छ भने अमर गहतराज सहसचिव चयन भएको नवनिर्वाचित अध्यक्ष भट्टराईले बताए । कमिटीकी कोषाध्यक्षका रुपमा कल्पना घिमिरेलाई सर्वसम्मत चयन गरिएको छ ।