इनरुवाः नेपाल निजामती कर्मचारी संठगन सुनसरी दुई खेमामा विभाजित भएको छ ।
जिल्ल्का अधिकांश कर्मचारीहरु नेपाल निजामती कर्मचारी संगठनमा आबद्ध रहेको अवस्थामा नेकपा एमालेनिकट कर्मचारीहरुले चिनेश्वर मेहताको अध्यक्षतामा छुट्टै संगठन निर्माण गरेपछि विभाजन सतहमा आएको हो । आधिकारिक ट्रेड युनियनमा नेतृत्व गरिरहेका कर्मचारीहरुले राष्ट्रसेवक भवन इनरुवामा कर्मचारी भेला गरी दलका नेताको उपस्थितिमा संगठनलाई भ्रातृ संगठन बनाएको आरोप लगाउँदै संगठन पुनर्गठन गरेका हुन् ।
सुनसरीका अधिकांश निजामती कर्मचारीहरुको भेलाले गणेश भट्टराईको अध्यक्षतामा रहेको संगठन आधिकारिक रहेको दाबी गर्दै आधिकारीक संगठनको मान्यता सोही संगठनलाई रहेको जनाएका छन् ।
गणेश भट्टराई अध्यक्ष रहेको नेपाल निजामती कर्मचारी संगठनमा उपाध्यक्ष उमेश गौतम, महिला उपाध्यक्ष वर्षा तिम्सिना, सचिव खड्गबहादुर थापा, सह–सचिव गोविन्द तिम्सिना र कोषाध्यक्ष निलकमल निरौला रहेका छन् । यसैगरी, कार्यसमिति सदस्यहरुमा किशोर श्रेष्ठ, जीवन बस्नेत, पवन परियार, बानु आचार्य, गणेशमान श्रेष्ठ, करुणा भट्टराई, सुवास भुजेल, टेकबहादुर कार्की, भोजराज अधिकारी, निला ढुङ्गाना, लक्ष्मीकेशर रायमाझी, ज्ञानबहादुर राई, पुरुषोतम पोखरेल, शशीशेखर पण्डित र सुमन थापा रहेका छन् ।
आधिकारिक ट्रेड युनियनका रुपमा आफूलाई देखाइरहेको गणेश भट्टराई अध्यक्ष रहेको संगठनमा नेपाल निजामती कर्मचारी संगठनका केन्द्र, प्रदेश र जिल्ला तहमा आबद्ध भएर जिम्मेवारी सम्हाल्दै आएका अधिकांश कर्मचारीहरु रहेको संगठनका उपाध्यक्ष उमेश गौतमले बताए । गौतमले कार्यवाहक अध्यक्ष राजु कटुवाल, कोषाध्यक्ष गणेश भट्टराई, सह–सचिव वीरेन्द्र चौधरीलगायतका जिल्ला नेतृत्व आफूहरुसँगै रहेकाले पुनर्गठन गरेको बताए । राष्ट्रसेवक भवनमा भेला भएका कर्मचारीले आफूहरु रहेको संगठन आधिकरिक भएकाले चिनेश्वर मेहतालाई सम्मेलन आयोजक समितिको संयोजक बनाई नयाँ नेतृत्व चयनका लागि काम गर्ने जिम्मेवारी दिएको दाबी गरेका छन् ।