सुनसरीः सुनसरीको इटहरी उपमहानगरपालिका–४ श्रमिक टोलबाट लागुऔषध ब्राउनसुगरसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा चितवन भक्तपुर १० घर भई सोही स्थानमा कोठा गरी बस्ने ३० वर्षीय सञ्जय लामा रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार शुक्रबार बेलुका ६ बजे विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले लामालाई कोठाबाट ब्राउनसुगर ९ ग्राम २० मिलिग्रामसहित पक्राउ गरेको हो । यस्तै, सुनसरी धरान उपमहानगरपालिका १५ निराजन बस्तीबाट लागुऔषधसहित तीन जनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेहरूमा सोही स्थानका २४ वर्षीय दिपेश राई, विशाल राई र २६ वर्षीय अमृत भन्ने लक्की गुरुङ रहेका छन् । शुक्रबार राति ८ बजे अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले उनीहरूको साथबाट नाइट्रोजन ७० ट्याब्लेट, डाइजेल्याप ११ एम्पुल, लुप्रिजेशिक ११ एम्पुल, एभिल ११ एम्पुल र नगद ३६ हजार ५०० सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।