इटहरीः मोरङ विराटनगर महानगपालिका १५ स्थित १ नम्बर ढाटबाट अवैध लागूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङको कटहरी गाउपालिका १ का ३० वर्षीय सुजित पौडेल रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार आज अपराहन्न १ः४५ बजे लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषध लुपिजेसिक ८ एम्पुल ,डाईजाल्याब ८ एम्पुल , एभिल ८ एम्पुल, फेनारगन ८ एम्पुल र डाइलेक्स डीसी १ बोतलसहित पक्राउ गरेको हो ।
पक्राउ परेका पौडेललाई इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखी विस्तृत अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।