इटहरीः चोरी मुद्दाका फरार प्रतिवादी सुनसरी धरान उपमहानगरपालिका १७ नमस्ते चौकका २८ वर्षीय गोफ्ले भन्ने गोपाल गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।

चोरी मुद्दामा सुनसरी जिल्ला अदालतबाट २०७६ साल जेठ ९ गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः लगत नं. ८९५९ मा रु.५९ हजार नौ सय ६ रुपैयाँ जरिवाना, लगत नं. ८९६० मा २ महिना कैद र रु.१७ हजार रुपैयाँ जरिवाना र ८९६१ मा ८ महिना कैद र रु.५३ हजार रुपैयाँ जरिवाना भई कैद तथा जरिवाना बेरुजु रही असुल गर्न बाँकी रहेका गुरङलाई १ नम्बर प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा हिजो पक्राउ गरी सुनसरी जिल्ला अदालतमा दाखिला गरेको हो । प्रतिवादी गुरुङलाई अदालतबाट कैद भुक्तानको लागि कारागार चलान गरिएको छ ।