इटहरीः झापाको भद्रपुर नगरपालिका ९ का ६० बर्षीय राम बहादुर बुर्जा मगरको जंगली हात्तीको आक्रमणमा परी मृत्यु भएको छ ।

आज बिहान ६ः३० बजे मेचीनगर नगरपालिका १४ शनिबारेस्थित टंक पौडेलको चिया बगानमा चिया टिप्ने क्रममा मगरलाई जंगली हात्तीले आक्रमण गर्दा उनको घटनास्थमानै मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय धुलाबारी र प्रहरी चौकी चारआलीबाट प्रहरी टोली खटी गई घटनाको बारेमा थप अनुसन्धान सुरु गरेको प्रदेश प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईले जानकारी दिए ।