इटहरीः धनकुटाको पाख्रिबास नगरपालिका घर भई सुनसरीको इटहरी उपमहानगरपालिका १३, खनारमा डेरा बस्ने २६ वर्षीय रिजन दाहालको हत्यामा संलग्न रहेको आरोपमा थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी इटहरी उपमहानगरपालिका–११ भागलपुर बस्ने २२ वर्षीय राजु तमाङ रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

मोरङको बुढीगंगा गाउँपालिका ६, कोयलपुरमा रिजनको गत कात्तिक २८ गते राति हत्या भएको थियो । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार खनारकै रिलायन्स धागो उद्योगमा काम गर्दै आएका दाहालको कोयलपुरकै २३ वर्षीय धने भनिने धनबहादुर तामाङ, २४ वर्षीय ईश्वर भनिने लिखमान लिम्बू र सुनसरीको इटहरी–११ का २२ वर्षीय राजु तामाङ लगायत छ÷सात जनाको समूहसँग विवादपछि दाहालको खुकुरी प्रहारबाट हत्या भएको हो । टाउकोमा खुकुरी प्रहार भएपछि गम्भीर घाइते भएका दाहाललाई उपचारार्थ अस्पताल लैजाने क्रममा बाटैमा उनको मृत्यु भएको देखिएको छ । हत्यामा संलग्नताको आशंकामा दुई व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाइएकोमा पछि थप दुई जना गरी चार जना पक्राउ परेका थिए ।

20210929298-phararjpg 1

रिजनको हत्या गरेको अभियोगमा मोरङको सुन्दरहरैचा–७ का २१ वर्षीय विक्रम खड्का, बूढीगङ्गा–६ का २४ वर्षीय ईश्वर लिम्बू, १८ वर्षीय सुदीप उराँव र २० वर्षीय सुदीप उराँव पक्राउ परेका थिए । सोही घटनामा मृतक दाहालका साथी धनकुटा देव्रेबासका २२ वर्षीय कमल थापा र मोरङको बूढीगङ्गा गाउँपालिका –६ कोयलपुर नानु लिम्बू घाइते भएका थिए । घाइते थापा मृतक दाहालसँगै काम गर्ने साथी हुन् । अर्की घाइते नानुको भतिजीको बर्थ डे मनाउन भेला भएका युवाहरुबीच झडप भई हत्या भएको हो । पक्राउ परेका पाँचै अभियुक्तलाई जिल्ला अदालत मोरङबाट पाँच दिनको म्याद लिई अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।