इटहरीः इटहरी उपमहानगरपालिका वडा नम्बर २० का वडाध्यक्ष नै कांग्रेसको सुनसरी क्षेत्र नम्बर २ को सभापतिको दौडमा पराजित भएका छन् ।
राष्ट्रिय महाधिवेशनको तयारीमा रहेको नेपाली कांग्रेसको सुनसरी क्षेत्र नम्बर २ मा सभापतिको दौडमा रहेका वडाध्यक्ष मणिराम श्रेष्ठले लिलामणि सुवेदीसँग हार व्यहोर्नु परेको छ । श्रेष्ठलाई सभापतिमा निर्वाचित भएका सुवेदीले १२६ मतले उछिनेका छन् ।
महाधिवेशनमा श्रेष्ठले ३६२ मत ल्याउँदा सुवेदीले ४८८ मत प्राप्त गरेका थिए । कांग्रेसको सुनसरी क्षेत्र नम्बर २ को सचिवमा मनोजकुमार चौधरी र कृष्णदेव मेहता निर्वाचित भएका छन् भने सहसचिवमा खेमराज पोखरेल र सत्रुधन शाह निर्वाचित भएका छन् ।