इटहरीः नेकपा एमालेको आसन्न दशौ महाधिवेशनमा प्रदेश एक बाट १८ जना एमाले क्याडरहरु महाधिवेशन प्रतिनिधि मनोनीत भएका छन् ।

केन्द्रिय कमिटीले कुल प्रतिनिधिको ५ प्रतिशत मनोनीत गर्ने प्रावधान अनुसार कुल १०७ जना मनोनीत मध्ये प्रदेश एकबाट १८ जना मनोनीत भएका हुन् ।

सुनसरीमा माओवादीबाट एमाले प्रवेश गरेका डम्बर सुवेदी, धरान उपमहानगरपालिकाकि उपप्रमुख मन्जु भण्डारी र इटहरीबाट मिना श्रेष्ठ मनोनयन भएका छन् ।

झापाबाट ५ प्रतिनिधि , अन्य ४ जिल्ला भने ’निल’

मनोनीत हुनेमा झापाका सर्वाधिक देखिएका छन् । झापा बाट ५ जना प्रतिनिधि मनोनित हुदा सुनसरी बाट ३ र मोरङ, ताप्लेजुङबाट २,२ जना मनोनीत भएका हुन् ।

एक जना मात्र प्रतिनिधि हुने जिल्लामा भने खोटाङ,भोजपुर,ओखलढुंगा,संखुवासभा,उदयपुर र तेह्रथुम परेका छन् ।

प्रदेश एक का १४ जिल्ला मध्ये इलाम,पाचथर,धनकुटा र सोलुखुम्बुको भने एक जना प्रतिनिधि समेत मनोनयन भएका छैनन् ।

गीता अधिकारी, झापा
जलवर्षा राजवंशी, झापा
गोविन्द थापा, झापा
अमर शिवाकोटी, झापा
दुर्गा प्रसाई, झापा

मञ्जु भण्डारी, सुनसरी
मीना श्रेष्ठ, सुनसरी
डम्बर सुवेदी, सुनसरी

लता प्याकुरेल, मोरङ
डा.नेत्रप्रसाद तिम्सिना, मोरङ

होमकुमारी साँवा, ताप्लेजुङ
क्षितिज थेवे, ताप्लेजुङ

डा.देवराज रोका, खोटाङ

पशुराम अधिकारी, भोजपुर

बालकृष्ण ढुंगेल, ओखलढुंगा

खड्ग राई, संखुवासभा

महेश्वरी चौधरी, उदयपुर

बाबुराम थापा, तेह्रथुम