इटहरीः झापाको कन्काई नगरपालिका ७ बिरिङबाट लागूऔषध ब्राउनसुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही स्थान ३ का २८ वर्षीय सुप्रकाश राई रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार हिजो साँझ ६ः०० बजे जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण व्यूरोबाट खटिएको प्रहरी टोलीले उनलाई ब्राउनसुगर ५ ग्रामसहित पक्राउ गरेको हो । पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय अनारमनीको हिरासतमा राखी थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।