धरानः नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत सुनसरी क्षेत्र नं. १ को क्षेत्रीय कार्यसमितिमा देउवा समूह क्लिन स्विप भएको छ । देउवा प्यानललाई स्विप गर्दै संस्थापनइतर सुजेन्द्र तामाङको समुह नै विजयी भएको हो ।
देउवा समुहबाट तिलक राई क्षेत्रीय सभापति उठ्ने तयारी भएपनि प्रदेश क्षेत्रको चुनावमा हार व्यहोरेपछि राईलाई ब्याक गराइएको थियो । राईलाई ब्याक गरेर देउवा समुहले लक्ष्मी खतिवडालाई उमेद्वार बनाए पनि रणनीति भने सफल हुन सकेन ।
खसेको कुल मत गणना सम्पन्न हुँदा तामाङले ३९३ मत पाएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी खतिवडाले २१५ मत मात्र पाएर पराजित भएकी हुन् । विजयी तामाङले खतिवडाभन्दा १७८ मत बढी पाएका हुन् ।
यसैगरी, सचिवमा तामाङ प्यानलका उम्मेदवार महेन्द्र प्रधानले ३६४ र केशव पुरीले ३२१ मत पाएर विजयी भए । सचिव पदमा खतिवडा प्यानलका उम्मेदवारद्वय देवेन्द्र लिम्बुले २९३ र जयबहादुर लिम्बूले १७२ मत पाए ।
यस्तै, सहसचिव पदमा तामाङ प्यानलका भोजकुमार न्यौपानेले ३७२ र सुमित राईले ३८२ मत पाएर विजयी भए । सचिव पदमा खतिवडा प्यानलका उम्मेदवारद्वय नवीन ढकालले १६१ र नादर राईले २०७ मत मात्र पाएर पराजित भए ।