इटहरीः नेपाली काङ्ग्रेस भोजपुरको उपसभापतिमा गजेन्द्र कार्की र डम्बर कुमार श्रेष्ठ निर्वाचित भएका छन् ।
पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत सम्पन्न मतदानबाट दुई उपसभापति चयन भएका हुन् । उपसभापति बनेका कार्की गाउँपालिकाका अध्यक्ष हुन् भने श्रेष्ठ उद्योग वाणिज्य संघ भोजपुरको अध्यक्षका रुपमा एक कार्यकाल बिताएका व्यक्ति हुन् । उपसभापतिका अतिरिक्त अधिवेशनले सचिव र सहसचिवको पनि टुङ्गो लगाएको छ । चक्र कार्की र सफल किरात भोजपुर कांग्रेसको नयाँ सचिव बनेका छन् भने मनोज खनाल र कर्ण मोक्तान दुवै सचिवका सहायक अर्थात् सहसचिवका रुपमा चुनिएर आएका छन् । सचिव भएका कार्की यसअघि पनि सचिव थिए भने किरात कोषाध्यक्ष थिए । सहसचिव मोक्तान उद्योग वाणिज्य संघका उपाध्यक्ष हुन् । महाधिवेशन प्रतिनिधितर्फ भने कसैको पनि नतिजा आएको छैन ।