इटहरीः गरिमा विकास बैंकले मङ्गलबारबाट प्रदेश १ मा २ वटासहित थप पाँच वटा नयाँ शाखाबाट बैंकिङ्ग कारोबारको सुरुवात गरेको छ ।

बैंकका प्रदेश १ का मोरङ्गको पथरी, सुनसरीको झुम्कासहित काठमाडौँको माछापोखरी, ललितपुरको सातदोबाटो र बर्दियाको गुलरियामा नयाँ शाखाहरु सञ्चालन भएका छन् । यसैगरी, बैंकले १५ औँ वार्षिकोत्सवका अवसरमा बृहत रत्तदान कार्यक्रमको समेत आयोजना गरेको छ । बैंकको प्रदेश १ का ५ वटासहित देशभरिका २१ वटा शाखा कार्यालयले रत्तदान कार्यक्रमको आयोजना गरेको जनाएको छ । प्रदेश १ का इटहरी, धरान, विराटनगर, उर्लाबारी र बिर्तामोड शाखाबाट जम्मा तीन सय पिन्ट रगत संकलन भएको गरिमा विकास बैंकका प्रदेश १ प्रमुख मीन सुवेदीले जानकारी दिए ।

bd2

 

बैंकको सामाजिक उत्तरदायित्वको सिद्धान्तअन्तर्गत रत्तदान कार्यक्रमको आयोजना गरिएको सुवेदीले बताए । २०६४ असोजमा स्थापना भएको गरिमा विकास बैंकले कार्तिक १८ बाट औपचारिक कारोबार सुरु गरेको थियो । निलगिरि विकास बैंकसँग मर्ज भएपछि २०७२ साल असोज २९ गतेबाट राष्ट्रिय स्तरको कारोबार गर्ने स्वीकृति पाएको गरिमा विकास बैंक २०७३ सालमा शुभेक्षा विकास बैंकसँग पनि मर्ज भएर ठूलो विकास बैंक बनेको थियो । यसै वर्षबाट साहारा विकास बैंकसँग समेत मर्ज भएर यही कार्तिक २८ गतेदेखि एकीकृत कारोबार सुरु गरेको थियो । काठमाडौँको लाजिम्पाटमा मुख्य कार्यालय रहेको रहेको गरिमा विकास बैंकका देशभरि एक सय ११ वटा शाखा कार्यालयहरु सञ्चालनमा रहेका थिए ।आफ्नो १५ औँ वार्षिक उत्सवको अवसर पारेर ५ वटा शाखा कार्यालय थप गरेपछि बैंकको शाखा कार्यालयको संख्या एक सय १६ पुगेको छ ।