इटहरीः सुनसरीको इटहरीमा मुख्य कार्यालय रहेको सपोर्ट लघुवित्त वित्तीय सँस्था लिमिटेडलाई आन्तरिक राजश्व कार्यलय इटहरीले आर्थिक वर्ष २०७६ ÷७७ मा बढी कर तिर्ने वित्तीय सँस्थाको रुपमा सम्मान गरेको छ ।

आन्तरिक राजश्व कार्यलय इटहरीले मङ्गलबार दशौँ कर दिवसको अवसरमा गत आर्थिक वर्षमा सेवामुलक सँस्थामध्ये सबैभन्दा बढी आयकर दाखिला गरेको भन्दै सपोर्ट लघुवित्तलाई सम्मान गरेको हो ।

सबैभन्दा बढी आयकर दाखिला गर्नुका साथै सपोर्टले हरेक खालका करहरु नियमित रुपमा तिरेको साथै सूचकाङ्कहरु अपडेट गरेकाले पनि सम्मानको हकदार भएको राजश्व कार्यालय स्रोतको भनाइ छ ।

258762181_267166761921932_6877476743695319463_n

सुनसरी जिल्लामा सेवामुलक सँस्थामध्ये वित्तीय सँस्थातर्फ तीन वटा कम्पनीहरु छन् जसमा धरान मुख्य कार्यालय रहेको मितेरी डेभलपमेन्ट बैंक, दुहवीमा मुख्य कार्यालय रहेको फरवार्ड माइक्रोफाइनान्स र इटहरीको सपोर्ट लघुवित्त वित्तीय सँस्था लिमिटेड रहेका छन् ।