इटहरीः नेपाली काङ्ग्रेसको चालु महाधिवेशनमा मोरङको २ क्षेत्रमा क्षेत्रीय सभापति सर्वसम्मत चयन भएको छ । ६ वटा क्षेत्र रहेको मोरङमा क्षेत्र नम्बर १ र ५ मा भने सर्वसम्मत सभापति चयन भएका हुन् ।
क्षेत्र नं. १ को क्षेत्रीय सभापतिमा लेटाङ नगरपालिकाका मेयर शंकर राई क्षेत्र नम्बर ५ मा जवछ गच्छदार सर्वसम्मत भएको जिल्ला निर्वाचन अधिकृत केदार कार्कीले बताए ।
राईको घोषणा भइसके पनि गच्छदारको भने घोषणा हुन बाँकी रहेको छ । उत्त क्षेत्रहरूमा महाधिवेशन प्रतिनिधिको भने चुनाव हुने जनाएको छ । जिल्ला निर्वाचन समितिले निर्वाचनका कार्यक्रम अघि बढाएको जनाएको छ ।