इटहरीः ज्यान मार्ने उद्योग मुद्धाका फरार प्रतिवादी सुनसरी धरान उपमहानगरपालिका १६ गैरीटोल का ५५ वर्षीय नवीन गिरीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका गिरीलाई हिजो जिल्ला अदालत सुनसरीबाट कैद भुक्तानको लागी करागार चलान गरिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार उच्च अदालत विराटनगरबाट मिति २०७७ साल माघ ७ गतेको सजाय निर्धारण फैसला आदेशले ४ वर्ष ७ महिना ४ दिन कैद भई लगत नं.– ९४३६ मा कैद बेरुजु रही सजाय भुक्तान गर्न बाँकी रहेका गिरीलाई १ नम्बर प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा हिजो फेला पारी पक्राउ गरेको हो ।