इटहरीः सुनसरी प्रतिनिधिसभा क्षेत्र नम्बर एक भित्रका दुई प्रदेश क्षेत्रमा देउवा प्यानल पराजित भएपछि संस्थापन समूहले रणनीति परिवर्तन गरेको छ ।

क र ख निर्वाचन क्षेत्रमा सेट नै हारेपछि प्रतिनिधिसभा क्षेत्रको सभापतिमा तिलक राईलाई व्याक गराएर लक्ष्मी खतिवडालाई उमेद्वार बनाउने भएको हो ।

सुनसरी क्षेत्र नं १ मा आज उमेद्वारी मनोनयनको बिहान संस्थापन देउवा पक्षका उमेदवार तिलक राई ब्याक भएका हुन् ।

प्रदेशससभा निर्वाचनको मतपरिणामपछि हार हुने आँकलन गर्दै राई ब्याक भएपछि देउवा समूहले युवा नेतृ लक्ष्मी खतिवडालाई सभापतिमा उम्मेद्वार बनाउने घोषणा गरेको छ ।

धरान १२ स्थित होटल स्टार पूर्वीमा पत्रकार सम्मेलन गर्दै देउवा समूहले सभापतिमा खतिवडालाई उमेद्वार बनाउने घोषणा गरेको हो ।