इटहरीः मोरङको बुढिगंगा गाउँपालिका ४ स्थित बागमती मोलडिङ्ग इन्डष्ट्रिज प्रा.लि. मा काम गर्ने मजदुर सोही स्थानका ४४ वर्षीय कलरुकुमार खवासको करेन्ट लागेर मृत्यु भएको छ ।
हिजो अपराहन्न ५ः०० बजे उनी हात खुट्टा धुन भनी सोही फ्याक्ट्रीमा जडान भएको कलको मोटर चलाउँदा अचानक करेन्ट लागेर गम्भीर घाइते भई उपचारार्थ विराट मेडिकल कलेज गंगाचौक लगिएको थियो ।
घाइते खवासको उपचारको क्रममा अपराहन्न ५ः३० बजे मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।