इटहरीः झापाको दमक नगरपालिका २ का मोहनकुमार तामाङको घरबाट तास खेलिरहेको अवस्थामा तामाङसहित ६ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा घरधनी मोह कुमार तामाङ, सोही स्थानका ३८ वर्षीय पूर्णप्रसाद शिवाकोटी, ३० वर्षीय विनोद श्रेष्ठ, ३७ वर्षीय दिलबहादुर श्रेष्ठ, सोही स्थान ३ का ३४ वर्षीय सुरेन्द्र नेम्वाङ र कमल गाउँपालिका ६ का ४१ वर्षीय दुर्गाबहादुर राई रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

baramad

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार हिजो अपराहन्न ४ः३० बजे ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई ३ बुङ तास र नगद रु. १ लाख २० हजार ५०० सहित पक्राउ गरेको हो । पक्राउ परेका छ जनाउपचार थप अनुसन्धान भइरहेको ईलाका प्रहरीले जनाएको छ ।