इटहरीः झापामा गएराति टेम्पोको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
पूर्व–पश्चिम लोकमार्गअन्तर्गत झापाको मेचीनगर नगरपालिका–४ मा मे १ ह ६४५० नम्बरको टेम्पोको ठक्करबाट मेचीनगर–७ का ५१ वर्षीय पैदलयात्री चन्द्रप्रसाद अधिकारीको मृत्यु भएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) सुमन तिम्सिनाका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका अधिकारीको उपचारका क्रममा बिर्तामोडको बि एन्ड सी अस्पतालमा राति ८ः१५ बजेतिर मृत्यु भएको हो । दुर्घटनापछि प्रहरीले टेम्पो र चालक मेचीनगर–६ का अन्दाजी ३२ वर्षीय सुरेन्द्र राजवंशीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको छ ।
चालकको साथमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) नभएको पाइएको छ । पैदलयात्रीले पनि मादक पदार्थ सेवन गरी जथाभावी सडकमा हिँडेको पाइएको बताउँदै प्रहरीले घटनाबारे विस्तृत अनुसन्धान भइरहेको जनाएको छ ।