काठमाडौँः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशनका लागि प्रतिनिधि निर्वाचन आज (सोमबार)सुरु हुँदैछ ।

महाधिवेशनका लागि देशका तीन सय ३० वटै प्रदेशसभा निर्वाचन क्षेत्रबाट दुई हजार नौ सय ७० प्रतिनिधि छनोट हुने पार्टीका प्रचार संयोजक मोहन श्रेष्ठले जानकारी दिए ।  यही मङ्सिर १५ देखि १७ सम्म काठमाडौँमा राप्रपाको महाधिवेशन हँुदैछ । प्रतिनिधि छनोटका लागि आजदेखि हुन लागेको निर्वाचनमार्फत् प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रबाट समावेशी आधारमा नौ जना प्रतिनिधि छनोट हुनेछन् । 

पार्टीका अनुसार तीन खस आर्य (अन्य), तीन महिला, एक जनजाति, एक दलित, एक अल्पसङ्ख्यक, मुस्लिम, थारुलगायत गरी नौ जना निर्वाचित हुनेछन् । यसअघि भएका गाउँपालिका, नगरपालिका, प्रदेशसभा निर्वाचन क्षेत्र, सङ्घीय निर्वाचन क्षेत्र, जिल्ला र प्रदेशको अधिवेशनबाट निर्वाचित अध्यक्ष पदेन महाधिवेशन प्रतिनिधि चयन भइसकेको पनि श्रेष्ठले जानकारी दिए । राप्रपामा यसरी चयन भएर आउने प्रतिनिधि, भ्रातृ सङ्गठन, प्रवासका प्रतिनिधि र अध्यक्षबाट मनोनीत हुनेसमेत गरी चार हजार पाँच महाधिवेशन प्रतिनिधि हुनेछन् । -रासस