इटहरीः झापाको माई खोलाबाट चोरी भएको एउटा मोटरसाइकल मोरङको मिक्लाजुङमा फेला परेको छ ।
कात्तिक ३० गते माई खोलाबाट चोरी भएको मे ८ प ३४०७ नम्बरको पल्सर मोटरसाइकल इलाका प्रहरी कार्यालय मधुमल्लाबाट खटिएको टोलीले मिक्लाजुङ गाउँपालिका–६ मा फेला पारेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । ट्राफिक प्रहरीको समन्वयमा फेला परेको सो मोटरसाइकल धनी झापा बिर्तामोडका पुन्यप्रसाद रिजालको जिम्मा लगाइएको १ नम्बर प्रदेश प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईले जानकारी दिए ।
मलामी आएका बेला माई खोलानजिक रिजालले पार्किङ गरेर राखेको अवस्थामा मोटरसाइकल चोरी भएको प्रहरीले जनाएको छ । चोरीमा संलग्न व्यक्ति भने फरार भएको प्रहरीको भनाइ छ ।