इटहरीः मोरङको विराटनगरस्थित जिल्ला कारागारमा शनिबार बिहान एक जना वृद्ध कैदीको भएको छ ।
मृत्यु हुनेमा उनी जबरजस्ती करणी मुद्दामा कैद सजाय भुक्तान गरिरहेका विराटनगर महानगरपालिका–७ घर भएका ६३ वर्षीय गोपाल शर्मा रहेको कारागारका निमित्त जेलर रामप्रसाद पोखरेलले बताए । उनका अनुसार शर्मा २०७१ साल मंसिर १२ गते ८ गते जिल्ला अदालत मोरङको आदेशमा ८ वर्ष ६ महिनाका लागि कारागार चलान गरिएका थिए । रक्तचाप न्यून भएपछि उनलाई शुक्रबार राति उपचारका लागि कोसी अस्पताल भर्ना गरिएकोमा स्वास्थ्यमा सुधार देखिएपछि अस्पतालले उनलाई शनिबार बिहान ६ बजेतिर डिस्चार्ज दिएको निमित्त जेलर पोखरेलको भनाइ छ ।
कारागारभित्र लगिसकेपछि पुनः बिरामी परेसँगै तत्काल अस्पताल लैजानु परेको उनले बताए । शर्मालाई कोसी अस्पताल पुर्याउनसाथ बिहान ७ः४० बजेतिर चिकित्सकले मृत घोषित गरेका हुन् । मृतकको शव परिवारका सदस्यलाई जिम्मा लगाइएको कारागारले जनाएको छ ।