इटहरीः ‘पिरिम नलाउने’, ‘एक कान दुई कान मैदान’, ‘गलबन्दी पछ्यौरी’ लगायतका हिट गीतका गायक आशिष सचिन गौतमको नयाँ गीत ‘झ्याईँ झ्याईँ पञ्चे बाजाले’ सार्वजनिक भएको छ ।

शुक्रबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गीतमा आशीषलाई गायिका ऋतिका श्रेष्ठले स्वरमा साथ दिएकी छन् । मङ्सिर महिना अझ त्यसमा पनि विवाहको मौसम सुरु हुँदै गर्दा सार्वजनिक गीतले विवाहको यो मौसममा थप रौनकता थपेको छ । महेश आचार्यको शब्द रहेको गीतमा एसडी योगीको संगीत छ । गीतको भिडियोमा अभिनेत्री आँचल शर्मा र गायक आशिषको अभिनय देख्न सकिन्छ । बियोन्डको कन्सेप्टमा तयार भिडियोमा विदेश जान बाध्य एकप्रेम जोडीको कथा प्रस्तुत गरिएको छ । भिडियोको निर्देशक कविराज गहतराजले गरेका हुन् ।

258702951_595791931731194_460722958885546671_n

 

डान्सिङ शैलीमा तयार भिडियो नेस स्टुडियोले निर्माण गरेको हो । कार्यक्रममा गायक तथा मोडल आशीषले राम्रो टिमवर्क, नेस स्टुडियोको सहकार्यले  गीतको भिडियो राम्रो बनेको बताए । फरक जनराका संगीतकर्मीहरुसँग काम गर्न पाउनु आफ्ना लागि सौभाग्य रहेको उनको भनाइ रहेको छ । अभिनेत्री आँचल शर्माले भिडियो अभिनय गर्दाको रमाइलो अनुभव सुनाइन् । नेस स्टुडियोका एसडी योगी, ब्रिजेश श्रेष्ठले समेत भिडियोमा काम गर्दाको अनुभव राखेका थिए । सुप्रिम पराजुलीको सम्पादन रहेको भिडियोमा नवराज उप्रेतीको छायांकन छ ।