इटहरीः सुनसरीको दुई स्थानबाट गाडीसहित ५६ बोरा भारतीय चिनी बरामद भएको छ ।

गत मङ्सिर १ गते इनरुवा नगरपालिका ९ पोखरीचौकबाट अस्थायी प्रहरी पोस्ट पोखरी चौकबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा भारतबाट नेपालतर्फ भन्सार छली प्र १–०२–००२ च ४९६१ नम्बरको पिकअप गाडीमा ५० बोरा भारतीय चिनी बरामद गर्नुका साथै सामान धनीलाई पक्राउ गरेको हो । यसैगरी, गढी गाउँपालिका ४ स्थित सडकखण्डमा प्रहरीले २ वटा मोटरसाइकलमा सवार मानिसहरुले २ बोरा सुर्ति र ६ बोरा चिनी ल्याउँदै गरेको अवस्थामा प्रहरीलाई देखी मोटरसाईकल र सामान छोडी भागेकोमा सोसमेत बरामद गरिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

बरामद गरिएको ५६ बोरा चिनी, सुर्ति सहितको मूल्य १६ लाख ८६ हजार ९ सय बराबरको रहेको छ । बरामद भएको सामान र सामान धनीसहित सेतुबन्ध भन्सार कार्यालय कोसी ब्यारेजमा वुझाइएको प्रदेश प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईले जानकारी दिए ।