इटहरीः कर्तव्य ज्यान मुद्दाका चार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा मोरङको सुन्दरहरैचा–७ का २१ वर्षीय विक्रम खड्का, बूढीगङ्गा–६ का २४ वर्षीय ईश्वर लिम्बू, १८ वर्षीय सुदीप उराँव र २० वर्षीय सुदीप उराँव रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार अभियुक्तहरुउपर धनकुटा पाख्रिवास–४ घर भई सुनसरीको इटहरी उपमहानगरपालिका १३, खनार बस्दै आएका रिजन दाहालको हत्या गरेको अभियोग छ ।
दाहालको मोरङको बूढीगङ्गा गाउँपालिका ६ मा गत शनिबार राति ९ः०० बजे धारिलो हतियार प्रहार गरी हत्या भएको भएको थियो । पक्राउ परेका चारैजनालाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।