किमाथाङ्काः नेपाली कांग्रेसका महामन्त्री शशाङ्क कोइरालाले पार्टीको १४ औँ महाधिवेशनमा सभापति पदमा उठ्ने बताएका छन् ।

संखुवासभाको तुम्लिङटार विमानस्थलमा पत्रकारसँग बुधबार कुरा गर्दै कोइरालाले १४ औँ महाधिवेशनमा पार्टी सभापतिमा लड्ने बताए ।

सभापतिका लागि आफू बलियो उम्मेदवार भएको उनको भनाइ थियो । उनले सभापति पदका लागि उम्मेदवारीको औपचारिक घोषणा चाँडै गर्ने बताए ।

महामन्त्री कोइरालाले गठबन्धन चुनाव अघिसम्म मात्रै रहने बताए ।

‘आगामी चुनावमा कुनै पार्टीसँग तालमेल हुँदैन, आगामी चुनावमा अन्य पार्टीसँग गठबन्धन गर्ने विषयमा कांग्रेसले सहमति गरेको छैन,’ उनले भने ।

कांग्रेसले वर्तमान सत्ता गठबन्धनका लागि मात्रै सहकार्य गरेको उनको भनाइ थियो ।

कोइरालाले आगामी निर्वाचनपछि कांग्रेसले बहुमतको सरकार बनाउने दाबी गरेका थिए । एक्लै चुनाव लड्दा पनि आगामी चुनावमा कांग्रेसले बहुमत ल्याउने उनले बताए । -रासस