इटहरीः इटहरी उपमहानगरपालिकामा लैगिंक हिंसा विरुद्धको १६ दिने अभियानमा विभिन्न कार्यक्रम गरिने भएको छ ।
नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विभिन्न कार्यक्रम गर्ने निर्णय गरिएको इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले जानकारी दिइन् । उनका अनुसार १० डिसेम्बर विश्व मानवअधिकार दिवसका दिन लैगिक हिंसाविरुद्ध इटहरी सम्मेलन गरिनेछ । इटहरीमा विगत तीन वर्षदेखि १६ दिने अभियानको अन्तिम दिन लैगिंक हिंसा विरुद्धको इटहरी सम्मेलन गरिदै आएको छ । सम्मेलनमा वर्षभरि सञ्चालन गरिएको अभियानको समीक्षा गरेर नयाँ कार्यक्रम पारित गरिने छ ।
इटहरी उपमहानगरपालिकाकी उपप्रमुख गौतम, इटहरी महिला सञ्जाल, बाल सञ्जाल, अपांग सञ्जाल, माइती नेपाल, भ्वाइस अफ चिल्ड्रेन, इलाका प्रहरी कार्यालय इटहरी, मायाँ घर लगायतका सामाजिक क्षेत्रमा कृयाशील संघसँस्थाका प्रतिनिधिहरुको सहभागितामा भएको बैठकले १६ दिने अभियानका विभिन्न कार्यक्रम तय गरेको हो ।