इटहरीः इटहरीमा भोलि र पर्सि कोरोना विरुद्धको भेरोसेल खोपको दोश्रो डोज लगाइने भएको छ ।
इटहरी अस्पताल, खनार स्वास्थ्य चौकी, एकम्बा स्वास्थ्य चौकी, पकली स्वास्थ्य चौकी र हाँसपोसा स्वास्थ्य चौकीमा यसअघि भेरोसेलको पहिलो खोप लगाइसकेकाहरुलाई खोप लगाइने भएको हो । इटहरी अस्पतालअन्र्तगत २ नम्बर वडा कार्यालय, आधारभूत स्वास्थ्य केन्द्र वडा नम्बर ३, सामुदायिक अस्पताल वडा नम्बर ४, आधारभूत स्वास्थ्य केन्द्र इटहरी ५ काब्यवाटिका, किराँत राई यायोख्खा भवन इटहरी ६, आधारभूत स्वास्थ्य केन्द्र इटहरी ७ र आधारभूत स्वास्थ्य केन्द्र इटहरी ८ मा खोप लगाइने इटहरी उपमहानगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
यसअघि भेरोसेल अर्थात् बोलीचालीको भाषामा चाइनिज खोप लगाएका व्यक्तिहरुलाई नजिकको खोप केन्द्रमा खोप कार्डसहित सम्पर्क गर्न इटहरी उपमहानगरपालिकाले आग्रह गरेको छ ।