इटहरीः कलाकार अर्जुन घिमिरे पाँडे इटहरीको एक कार्यक्रममा धरधरी रोए । माया घर नेपालको आयोजना भएको एक कार्यक्रममा आएका कलाकार अर्जुन घिमिरे र कुमार कट्टेल ‘जिग्री’ लाई मायाघर नेपालले सम्मानसमेत गरेको थियो ।

pande1

सम्मान कार्यक्रम सम्पन्न भएपछि बोल्ने क्रममा कलाकार घिमिरेले माया घरको आश्रयमा रहेका सम्पूर्णलाई सम्मान गरेका थिए । सँधैजसो स्टेज चढ्नासाथ हँसाउने जोस बोकेर छिर्ने अर्जुन घिमिरे अर्का कलाकार कुमार कट्टेल ‘जिग्री’ बोलिरहँदासमेत भावुक देखिन्थे । मान्छेले मान्छे भएर बाँच्नको लागि आश्रममा आउनु दुःखद भएको बताउँदै कलाकार घिमिरेले आश्रय दिने सँस्था त्यति नखुलेको र खुलेपनि व्यवस्थित भएर खुलेको राम्रो हुने बताए । आफ्नी आमा ब्रेन ह्यामरेज भएर ६ महिनादेखि अस्पतालमा रहेको बताउँदै कलाकार घिमिरेले आफ्नी आमालाई सम्झे । माया घरमा रहेका आमाहरुलाई सम्बोधन गर्दै उनले सबैकी आमा आफ्नै आमाजस्तै भएको भन्दै भावुक बने । “म सम्पूर्ण आमाहरुप्रति सम्मान गर्छु । साथीको आमा पनि मेरो आमा नै हो ।” घिमिरेले अघि भने ।

pande2

दुई छाक खाना र बस्नको व्यवस्था गरिदिनु सबैभन्दा ठूलो धर्म भएको बताउँदै पाँडेले माया घर नेपालप्रति शिर निहुराएर नमनसमेत गर्न भ्याए । कार्यक्रममा अर्का कलाकार कुमार कट्टेलले साना बच्चा र अपाङ्गता भएकाहरुलाई सहयोग गर्ने गरेको बताए । “जीन्दगीमा सबै थोक हुन्छ मान्छे पैसा कमाउँछ, घमण्ड गर्छ तर मरेर लानु केही छैन । बाँचुञ्जेल जति माया बाँडिन्छ त्यसले सन्तुष्टि दिन्छ ।” कट्टेलले सुनाए । आफ्नो नामको पछाडि ‘जिग्री ब्रो’ भएकाले जीन्दगीभरी सबैको ब्रो भएर पो बस्नुपर्ने हो कि भन्दै दर्शकलाई र हललाई उनले हँसाएका थिए । सँधै खुसी भएर बस्न हौसला व्यक्त गर्दै माया घरमा रहेका सबैलार्य सान्तवना दिएका थिए कट्टेलले । घमण्ड भएको समाजमा केही गरौँ भन्ने नभएको मान्छे शारीरिक रुपले अशक्त भएको टिप्पणी गर्दै कट्टेलले आश्रयमा रहेका सबै जना सक्षम रहेको टिप्पणी गरेका थिए । पाँडे रोइरहँदा कार्यक्रममा सन्नाटा छाएको थियो । उपस्थित सबैका आँखाबाट आँसुका धारा बगेका थिए । माया घर सञ्चालक समितिका पदाधिकारी, आजीवन सदस्यहरु, माया घरमा आश्रितलगायत सबैले कोमामा रहेकी पाँडेकी आमाको स्वास्थ्य लाभको कामना गरेका थिए ।