इटहरीः नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले शेयरधनीलाई दिने भनेको बोनस शेयर अब चाँडै शेयरधनीको खातामा आउने भएको छ ।
एक मात्र पूर्वाधार बैंकको रुपमा रहेको निफ्राले आगामी मङ्सिर ९ गते वार्षिक साधारणसभा बोलाएको छ ।
कम्पनीको साधारणसभा ले ८% बोनस शेयर र बोनसमा लाग्ने कर तिर्न ०.५०% नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेस गर्नेछ । सोहीअनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा पनि रहेको छ ।
निफ्राको साधारणसभा अनुपम फुडल्यान्ड एन्ड ब्यांक्वेट बत्तिसपुतली, काठमाडौँमा बिहान ९ बजे बस्नेछ । साधारणसभा प्रयोजनका लागि मंसिर ९ गते बुक क्लोज हुनेछ । तसर्थ, मङ्सिर ८ गतेसम्म कायम रहने शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।