इटहरीः सुनसरीको इटहरीमा सञ्चालित असहाय महिला तथा बालबालिकालाई आश्रय दिने सँस्था माया घरले चर्चित हास्य टेलिश्रृङ्खला सक्किगो नि का मुख्य कलाकारद्वय कुमार कट्टेल ‘जिग्री’ र अर्जुन घिमिरे ‘पाँडे’ लाई सम्मान गरेको छ ।

माया घरकै प्राङ्गणमा आज आयोजित एक समारोहका बीच कलाकारद्वय कट्टेल र घिमिरेलाई सम्मान गरिएको हो । माया घरकी उपाध्यक्ष राधिका कार्की थापा, सचिव सुभद्रा प्याकुरेल, कोषाध्यक्ष अञ्जु अधिकारी, सदस्य शुशीला सिटौला, लक्ष्मी बराल गौतम लगायतले सम्मानपत्रसहित खादा ओढाएर कलाकारद्वयलाई सम्मान गरेका थिए । सम्मान ग्रहण गदैै कलाकार कट्टेलले माया घरमा आफूहरुले समाजको छवि प्रतिबिम्बित भएको पाएको बताए ।

jp4

परोपकार सबैभन्दा ठूलो धर्म भएको बताउँदै अर्का कलाकार घिमिरेले मानव सेवाबाट अधिकतम सन्तुष्टि मिल्ने भएकाले आफूहरु सेवामूलक काममा लागिरहने बताए । सम्मानित कलाकारद्वयले जनही पाँच हजार रुपैयाँका दरले १० हजार रुपैयाँ माया घरलाई सहयोगस्वरुप हस्तान्तरण गरे । साथै उनीहरुले माया घरसँग स्थापित सम्बन्धलाई निरन्तरता दिँदै आगामी दिनमा वृहत्तर सहयोग लिई आउने आश्वासनसमेत दिएको सचिव प्याकुरेलले बताइन् । कार्यक्रम गायिका गंगा गौतम आचार्यको संयोजकत्वमा सम्पन्न भएको थियो ।

jp5 jp7