इटहरीः मेगा बैंकअन्तर्गत निष्कासन भएको मेगा म्युचुअल फन्ड–१ नेपाल स्टक एक्सचेन्जमा मङ्गलबार सूचीकृत भएको छ ।

मेगा क्यापिटल मार्केट्स लिमिटेडको सामूहिक कोष योजनाअन्तर्गत सञ्चालित हुने ‘मेगा म्युचुअल फन्ड–१’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको हो । नेपाल स्टक र मेगा क्यापिटलबीच मङ्गलबार यो म्युचुअल फन्डको सूचीकरण सम्झौता भएको छ । सम्झौता अनुसार मेगाले बिक्री गरेका १० रुपैयाँ अङ्कित दरका कुल १२ करोड ५० लाख एकाइ नेप्सेमा सूचीकृत भएको छ । 

नेप्सेमा सूचीकृत भएसँगै अब भोलिबाट यो म्युचुअल फन्ड धितोपत्र दोस्रो बजारमा कारोबारमा आउनेछ । धितोपत्र दोस्रो बजारमा कारोबारका लागि नेप्सेले यो म्युचुअल फन्डलाई एमएएफ१ सङ्केत प्रदान गरेको छ । यो म्युचुअल फन्डको योजना व्यवस्थापक मेगा क्यापिटल र कोष प्रवर्द्धकमा मेगा बैंक नेपाल रहेका छन् ।