इटहरीः सुन्दर शहर इटहरी र पूर्वका विभिन्न क्षेत्रमा छायांकन गरिएको म्युजिक भिडियो “असैह्य भयो पीडा मेरो मुटु झिकी फ्याँकी दिउँकी” बोलको गीत मङ्सिरको पहिलो हप्ताबाट बजारमा आउने भएको छ ।

im1

लोकप्रिय गायिका अन्जु पन्तको स्वरमा सजिएको गीतलाई इटहरीकै शिक्षाकर्मीसमेत रहेका हरि आचार्यले लेखेका हुन् भने म्युजिक भिडियोलाई चर्चित निर्देशक नवल नेपालले निर्देशन गरेका छन् । गीतका लेखक आचार्य इटहरीस्थित कन्चनजङ्घा बोर्डिङ्ग स्कुलका सञ्चालक एवम् प्रिन्सिपल हुन् । म्युजिक भिडियोसमेत आचार्य आफैँले निमाण गरेका हुन ।
विशाल निरौलाको सङ्गीत र सङ्गीत संयोजनमा बजारमा आउन लागेको गीतलाई मदन काश्यपले छायांकन गरेका छन् भने नवीन निरौलाले भिडियोको सम्पादन र संयोजन गरेका छन् ।

im3
कलाकारहरु माधव केसी, लाजिना सुवेदी, सिम्रन कार्की लगायतले अभिनय गरेको म्युजिक भिडियोमा बाल कलाकार हेस्पिरस शर्मा र सञ्चित भट्टराईको अभिनयसमेत हेर्न सकिने बताइएको छ । छायांकनको काम सकाएको म्युजिक भिडियोलाई अन्तिम काम सकेर मङ्सिरको पहिलो हप्ता नै प्रदर्शन गर्ने तयारी भइरहेको निर्माण समूहले बताएको छ ।

im2