इटहरीः ओखलढुंगाको सुनकोसी गाउँपालिका ९ काँडेभञ्याङ नजिक जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।
बिहान ७ः३० बजे प्रदेश ३–१०२२–च९६९४ नम्बरको जिप दुर्घटना हुँदा १३ जना घाइते भएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) सुमन तिम्सिनाका अनुसार घाइतेहरुको उद्धार गरी उपचारार्थ हेलिकप्टरमार्फत् काठमाडौँ पठाइएको छ । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । मृतकको सनाखत भने हालसम्म हुन नसकेको प्रहरीको भनाइ छ ।