इटहरीः लायन्स क्लब अफ शान्तिनगर इटहरीको आयोजनामा विश्व मधुमेह दिवसको पूर्वसन्ध्यामा शनिबार इटहरी ४ स्थित भेटघाट चौकमा निःशुल्क मधुमेह परीक्षण कार्यक्रम सम्पन्न भएको छ ।

सेफर्ड चिल्ड्रेन एकेडेमीको प्राविधिक सहयोगमा सञ्चालित उक्त कार्यक्रममा एक सय १९ जना स्थानीयहरुले मधुमेह परीक्षण गराएको लायन्स क्लब अफ शान्तिनगर इटहरीका सभापति कृष्ण काफ्लेले जानकारी दिए ।

सोही एकेडेमीमा अध्ययन गरेका स्टाफ नर्सहरुको समूहले कार्यक्रममा सहजीकरण गरेका हुन् । उनका अनुसार धनकुटा अस्पतालका स्वास्थ्य सहायक (एचए) अर्जुन ढकालले कार्यक्रममा सहभागी स्थानीयको रगत परीक्षण गरेका थिए । अग्रज लायन्स लिडर धिरज गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा इटहरी ४ का वडाध्यक्ष चन्द्रप्रसाद भट्टराईले विशिष्ट आतिथ्य ग्रहण गरेका थिए ।

254156153_184720333857773_960466094869355371_n