इटहरीः झापाको मेचीनगर नगरपालिका ७ बाट प्रहरीले ज्यान मार्ने उद्योग मुद्दाका चार जना अभियुक्तहरुलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा नवीन राई, सनम राई, सविन राई र कमला राई रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार अभियुक्तहरुउपर कात्तिक २४ गते राति मेचीनगर–७ का राष्ट्रिय प्रजातन्त्र पार्टी सदस्य गोविन बुढाथोकीमाथि धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको आरोप छ ।
उनीहरूविरुद्ध ज्यान मार्ने उद्योग अपराध ऐनअन्तर्गत कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ । घाइते बुढाथोकीको पूर्णटुङ्ग बिर्तासिटी हस्पिटलमा उपचार भइरहेको छ ।