इटहरीः फिल्म ‘ओभर डोज’को ट्रेलर सार्वजनिक भएको छ । आगामि १७ मंसिरमा सार्वजनिक प्रदर्शनमा आउने फिल्मको ट्रेलरमा प्रेम, रोमान्स र एक्सन समेटिएको छ ।
अमेरिकामै सम्पूर्ण छायांकन भएको फिल्मको ट्रेलर हलिवुड शैलीमा निर्माण भएको छ । दादा प्रोडक्सन हाउस र रिच इन्टरटेनमेन्ट प्रा.लिको संयुक्त ब्यानरमा बनेको हो । फिल्मका निर्देशक सुमन पौडेल हुन् । प्रनिश राज पन्त, सबिनजंग थापा, बिना श्रेष्ठ, स्वामी डि, एलेन ब्रनिला, सदीक्षा कार्की, डुएन टर्नर लगायतका कलाकारको मुख्य भूमिका रहेको फिल्म जीवन कुमार केसीले निर्माण गरेका हुन् । निर्माता जीवनकुमार केसीले फिल्म युवापुस्ताको रुचीलाई ध्यानमा राखेर निर्माण गरेको बताए । फिल्ममा पिजे वाइबाको संगीत, साजन कार्कीको सम्पादन र गुच्ची भाईको छायांकन रहेको छ ।
कमल पाण्डेको भिजुअल इभेक्ट समेटिएको फिल्मका लेखक उपेन्द्र पन्जियार, जुनियर मोरेनो हुन् । नयन आचार्य प्रोडक्सन डिजाइनर रहेको फिल्म जि.जि ग्रूप उपत्यका र एफ.डि कम्पनीले उपत्यकाबाहिर वितरण गर्न लागेको हो । फिल्म क्षेत्रलाई चलायमान गराउने उद्देश्यले ‘ओभर डोज’ रिलिज गर्न लागेको वितरक करण श्रेष्ठको भनाइ रहेको छ ।